१७ कार्तिक २०८३, मंगलबार

लगातार दुई दिन घटेकाे सेयर बजारमा झिनो सुधार, नेप्से ६.६२ अंकले बढ्दा  ५.६५ अर्बमा खुम्चियाे काराेबार



काठमाडाैं । लगातार २ दिन घटेकाे सेयर बजारमा मंगलबार झिनाे सुधार देखिएकाे छ। नेपाल स्टक एक्सचेञ्ज नेप्से आज ६.६२ अंकले बढेर २६ सय ६४ दशमलव १३ बिन्दुमा राेकिएकाे छ।

आज फाइनान्स, लगानी, उत्पादन तथा प्रशाेधन र अन्य समुहका उपसूचक घटेका छन् भने बाँकी सबै उपसूचकहरू बढेका छन् । हाेटल तथा पर्यटन सर्वाधिक १.०७ प्रतिशतले बढेकाे छ।

नेप्से परिससूचक बढे पनि यसदिन काराेबार भने घटेकाे छ। आज ३४९ वटा कम्पनीको १ करोड ५४ लाख २० हजार ९२० कित्ता शेयर ५ अर्ब ६५ कराेड ११ लाख ४२ हजार रुपैयाँमा किनबेच भएको छ ।

हिजाे ३४३ वटा कम्पनीको १ करोड ९८ लाख २२ हजार ३९२ कित्ता शेयर ७ अर्ब १८ कराेड ३७ लाख १३ हजार रुपैयाँमा किनबेच भएको थियाे ।

आज १४३ वटा कम्पनीको शेयर बढेको छ भने १२२ वटाको घटेको छ । यस्तै १४ वटा कम्पनीको शेयर भने घटबढ भएको छैन ।