१० मंसिर २०८३, बिहिबार

सुनचाँदीको मूल्यमा गिरावट जारी : सुन प्रतितोला २ लाख ४२ हजारमा झर्‍यो, चाँदी कतिमा?



काठमाडौं। साताको पहिलो दिन आइतबार सुनचाँदीको भाउमा गिरावट आएको छ । गत साता पनि लगातार ओरालो लागेको सुनचाँदीको मूल्य आज पनि बढेन।

नेपाल सुनचाँदी व्यवसायी महासंघको तथ्यांकअनुसार आज सुनको मूल्य प्रतितोला २ हजार ८०० रुपैयाँले घटेको हो। मूल्य घटेसँगै आज बजारमा छापावाल सुन प्रतितोला २ लाख ४२ हजार ६०० रुपैयाँ कायम भएको छ। यसअघि शुक्रबार भने सुन प्रतितोला २ लाख ४५ हजार ४०० रुपैयाँमा किनबेच भएको थियो।

यसैगरी आज चाँदीको मूल्य तोलामा ४५ रुपैयाँ घटेको छ । महासंघका अनुसार चाँदीको मूल्य प्रतितोला ३ हजार ६५ रुपैयाँमा कारोबार भइरहेको छ ।