सुनचाँदीको मूल्यमा भारी गिरावट : एकैदिन तोलामा ६ हजार ५ सयले घट्यो सुन, चाँदीको कति ?
काठमाडौं। बुधबार स्थानीय बजारमा सुनको मूल्यमा ठूलो गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ६ हजार ५ सय रुपैयाँले सस्तिएको हो ।
अघिल्लो दिन मंगलबार प्रतितोला २ लाख ४७ हजार ९ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको भाउ आज घटेर २ लाख ४१ हजार ४ सय रुपैयाँमा झरेको महासंघले जनाएको छ ।
सुनसँगै आज चाँदीको मूल्य पनि ओरालो लागेको छ । मंगलबार प्रतितोला ३ हजार १ सय ४५ रुपैयाँ रहेको चाँदी आज १ सय ५ रुपैयाँले घटेर ३ हजार ४० रुपैयाँ कायम भएको छ ।















