१० मंसिर २०८३, बिहिबार

सुनचाँदीको मूल्य बढ्यो, प्रतितोला कतिमा हुँदैछ किनबेच ?



काठमाडौं । नेपाली बजारमा मंगलबार सुनचाँदीको मूल्यमा वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला ५ सय रुपैयाँले महँगिएको हो ।

सोमबार प्रतितोला २ लाख ४७ हजार ४ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य आज बढेर २ लाख ४७ हजार ९ सय रुपैयाँ पुगेको छ ।

यसैगरी, चाँदीको भाउ पनि आज प्रतितोला ३५ रुपैयाँले उकालो लागेको छ । सोमबार ३ हजार १ सय १० रुपैयाँमा किनबेच भएको चाँदी मंगलबार ३ हजार १ सय ४५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।