डिजिटल भुक्तानी र कार्ड कारोबारमा उत्कृष्ट ठहरिँदै हिमालयन बैंकले पायो भिसाका दुई अवार्ड
काठमाडौँ। हिमालयन बैंक लिमिटेडले भिसाद्वारा आयोजित ‘भिजा लिडरसिप कन्क्लेभ’मा दुईवटा महत्वपूर्ण अवार्ड प्राप्त गरेको छ । व्यवसायको सुरुवातदेखि हाल सम्मकै उच्चतम अक्वायरर रेकर्ड कायम गर्न सफल भएकोमा बैंकले विशेष रूपमा सम्मान सहित “एक्सिलेन्स इन कन्ट्याक्टलेस अक्वायरिङ” र “एक्सिलेन्स इन पीओएस अक्वायरिङ बिजनेस – प्रिन्सिपल क्लाइन्ट” गरी दुई विधामा अर्वाड प्राप्त गर्न सफल भएको हो ।
भिसाद्वारा प्रदान गरिएका सो सम्मानले बैंकले डिजिटल भुक्तानी तथा कार्ड कारोबारको क्षेत्रमा हासिल गरेको उपलब्धिलाई थप प्रोत्साहन गर्नुका साथै आगामी दिनमा अझ उत्कृष्ट सेवा प्रदान गर्न थप ऊर्जा र हौसला प्रदान गरेको बताएको छ ।
हाल बैंकले नेपाल भरी फैलिएका १५७ शाखा कार्यालय, ११ विस्तारित काउन्टर, २७९ एटीएम, ९,००० भन्दा बढी पीओएस र ८,५०० भन्दा बढी विप्रेषण भुक्तानी केन्द्रहरुबाट आफ्ना ग्राहकहरुलाई परिष्कृत बंैकिङ्क सेवा प्रदान गर्दै आएको छ ।















