यसरी सजिलै हेर्न सकिन्छ सानिमा मिडिल तमोर हाइड्रोपावरको आईपीओ नतिजा
काठमाडौं । सानिमा मिडिल तमोर हाइड्रोपावरको आईपीओ बुधबार बाँडफाँट भएको छ । कम्पनीले सर्ववाधारणका लागि निष्काशन गरेको आईपीओ प्रबन्धक सानिमा क्यापिटलले बाँडफाँट गरेको हो ।
कम्पनीको आईपीओमा कुल १३ लाख ५६ हजार ३ सय ४१ जना आवेदकबाट १ करोड ५० लाख ८८ हजार ८ सय ८० कित्ताको लागि परेको थियो । सोमध्ये ७ हजार ९ सय ९९ जनाको आवेदन रद्द भएका क्यापिटलले जनाएको छ ।
रित पूर्वक आवेदन दिनेको संख्या १३ लाख ४८ हजार ३ सय ४२ जना रहेका थिए । आईपिओमा माग भन्दा बढीको आवेदन परेकोले गोलाप्रथाबाट आईपीओ बाँडफाँट गरिएको थियो । गोलाप्रथा मार्फत कम्पनीको सेयर ४ लाख २४ हजार ८ सय ९३ जना प्राप्त गरेका छन् । सो संख्यामध्ये ८ जनाले ११ किता सेयर पाएका छन् भने बाँकीले १० कित्ताको दरले सेयर पाएका छन् ।
कम्पनीले फागुन २६ गतेदेखि सर्वसाधारणका लागि आईपीओ जारी गरेको थियो । कम्पनीले सर्वसाधारणको लागि कुल ८९ करोड ९८ लाख ७५ हजार रुपैयाँ बराबरको ४९ लाख ९८ हजार ७ सय ५० कित्ता आईपीओ निष्काशन गरेको हो । जसमध्ये २ लाख ४९ हजार ९ सय ३६ कित्ता सेयर सामूहिक लगानी कोषहरुको लागि र ४ लाख ९९ हजार ८ सय ७५ कित्ता सेयर वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि बाँडफाँट गरी सकेको छ । बाँकी रहेको ४२ लाख ४८ हजार ९ सय ८३ कित्ता सेयर सर्वसाधारणको लागि निष्काशन गरेको थियो ।
कसरी हेर्ने नतिजा ?
1. बिक्रि प्रबन्धक सानिमा क्यापिटलको वेबसाइट https://www.sanima.capital/
2. सिडीएससीको मेरोशेयरको वेबसाइट https://meroshare.cdsc.com.np/#/login
3. सिडीएसले आईपिओको लागि संचालन गरेको वेबसाइट https://iporesult.cdsc.com.np/
4. कम्पनीको वेबसाइट https://middletamor.com/













