७ श्रावण २०८३, बिहिबार

छुट्नु होला है ? मेन्छियाम हाइड्रोपावरको आइपीओमा आवेदन दिने आज अन्तिम मौका



काठमाडौं । मेन्छियाम हाइड्रोपावर लिमिटेडको आइपीओमा आवेदन दिने आज (चैत ९ गते) अन्तिम दिन रहेको छ । फागुन १० गतेदेखि निष्कासन गरेको आईपीओमा आयोजना प्रभावित स्थानीय बासिन्दाले आवेदन दिने आज अन्तिम दिन रहेको हो ।

कम्पनीले जारी पूँजी ५४ करोड २५ लाख ८३ हजार ३०० रुपैयाँको १० प्रतिशत शेयर आयोजना प्रभावित स्थानीयमा विक्री गरेको हो । यस आधारमा आयोजना प्रभावित स्थानीयमा प्रतिशेयर १०० रुपैयाँ दरका ५ करोड ४२ लाख ५८ हजार ३०० रुपैयाँ बराबरको ५ लाख ४२ हजार ५८३ कित्ता सेयर विक्री हुनेछ ।

कुल कित्ता शेयरमध्ये अति प्रभावित क्षेत्र संखुवासभा जिल्ला साविक सिद्धकाली, सिद्धपोखरी र मावादीन गाविसका बासिन्दाहरुका लागि २ लाख ७१ हजार २९२ कित्ता शेयर र बाँकी २ लाख ७१ हजार २९१ कित्ता शेयर यी वाहेकका संखुवासभा जिल्लाका बासिन्दाहरुमा विक्री गरिनेछ । यो आईपीओ खरीदका लागि न्यूनतम १० कित्ता देखि अधिकतम १० हजार कित्तासम्म माग गर्न सकिनेछ ।

कम्पनीको शेयर निष्कासन तथा विक्री प्रबन्धकमा एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ । स्थानीय बासिन्दाले आयोजना स्थल, मादी नगरपालिका वडा नं। ७, वागा, चैनपुर नगरपालिका वडा नं। ३, तीनखोप्रे रेडक्रस भवनका सार्थ एनआईसी एशिया बैंक, ग्लोबल आइएमई बैंक र नेपाल एसबिआई बैंकका तोकिएका शाखा कार्यालयबाट आवेदन दिन सक्नेछन् ।


प्रतिक्रिया दिनुहोस्