एक कम्पनीको सेयरमा सर्किट, यी कम्पनीको लगानीकर्ता भए मालामाल

काठमाडौं । साताको पहिलो कारोबारको दिन सेयर बजार दोह्रो अंकले घटेको छ । नेप्से परिसूचक २०.०० अैकले घटेर १८८८.५५ को बिन्दुमा बजार बन्द भएको छ ।
आज पूँजी बजारमा नेप्से सूचीकृत २६० कम्पनीको ३७ लाख ८७ हजार २ सय ४१ कित्ता किनबेच हुदाँ १ अर्व २० करोड ७१ लाख २२ हजार ६ सय रुपैयाँको कारोबार भएको छ ।
आइतबार एक कम्पनीको सेयरमा सकारात्मक सर्किट लागेको छ । कालिका दर्शान लिमिटेडको सेयरमा सर्किट लागेको हो । साथै, सिटिजन म्उटुअल्र्ट फण्ड ६.१० प्रतिशत, जीवन विकास लघुवित्त ४.८७ प्रतिशतले सेयर मूल्य बढेको छ ।
