एक कम्पनीको सेयरमा सर्किट

काठमाडौं । साताको दोस्रो कारोबारको दिन सेयर बजारमा दोह्रोरो अंकले गिरावट आएको छ ।
नेप्से परिसूचक १६.६७ अंकले घटेर १८७१.८८ को बिन्दुमा बजार बन्द भएको हो ।
आज पूँजी बजारमा नेप्से सूचीकृत २६० कम्पनीको २८ लाख २९ हजार ४ सय २६ कित्ता किनबेच हुदाँ ९२ करोड २ लाख ४९ हजार ११ रुपैयाँको कारोकार भएको छ ।
सोमबार एक कम्पनीको सेयरमा सकारात्मक सर्किट लागेको छ । कालिका दर्शान लिमिटेडको सेयरमा सर्किट लागेको हो ।
साथै, महुली लघुवित्त ३.१६ प्रतिशत , बिशाल बजार कम्पनी २.५० प्रतिशत , एनआईसी एशिया २.४८ प्रतिशतले सेयर मूल्य बढेको छ ।
