७ श्रावण २०८३, बिहिबार

२०० प्रतिशत हकप्रद सेयर निष्कासन गर्ने प्रस्ताव पारितका लागि घलेम्दी हाइड्रोपावरको साधारण सभा कहिले ?



काठमाडौं । घलेम्दी हाइड्रोपावरले नवौं वार्षिक साधारण सभामा बोलाएको छ । चैत २३ गते बसेको सञ्चालक समितिको बैठकले सभा वैशाख १६ गते सासा ब्यांक्वेट, नयाँबजार काठमाडौंमा बिहान १०ः३० आव्हान गरेको हो ।

सभामा आवको २०७८।७९ को वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने । सभामा कम्पनीले १ः२ को अनुपातमा हकप्रद सेयर जारी प्रस्ताव पेश गर्नेछ । हाल कम्पनीको चुक्तापूँजी ५५ करोड रहेको छ । २०० प्रतिशत हकप्रद शेयर निष्कासनपश्चात् कम्पनीको चुक्तापूँजी १ अर्ब ६५ करोड पुग्नेछ । सभा मार्फत हकप्रद शेयर निष्कासनका लागि आवश्यक सम्पूर्ण कामको जिम्मेवारी सञ्चालक समितिलाई दिने निर्णय कम्पनीले गर्नेछ ।

यस्तै, कम्पनीले हकप्रद सेयर निष्कासन गरेपछि सांग्रिला उर्जा प्रालिद्धारा प्रवद्धित संखुवासभामा रहेको छुजुङ खोला जलविद्युत आयोजनामा लगानी गर्ने सञ्चालक समतिको निर्णयलाई पारित गर्ने एजेन्ड पनि छ ।

सभाबाट अनुमोदन भएर नेपाल धितोपत्र बोर्डले स्वीकृति दिएपछि मात्र प्रस्तावित हकप्रद सेयर निष्कासन हुनेछ । सभामा आर्थिक वर्ष २०७८र७९ को नाफा नोक्सान सम्बन्धी हिसाबका सम्बन्धमा छलफल हुनेछ । आर्थिक वर्ष २०७९।८० का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने एजेन्डा पनि रहनेछ ।

सभा प्रयोजनको लागि कम्पनीले वैशाख ७ गते बुक क्लोज गर्ने भएको छ । सभामा सहभागि हुन वैशाख ६ गतेसम्म सेयर खरिद गर्नुपर्छ ।


प्रतिक्रिया दिनुहोस्