फेरि सस्तिन थाल्यो सुनचाँदीको भाउ, आज प्रतितोला कति घट्यो ? « Arthapath.com
२५ जेष्ठ २०८२, आईतबार

फेरि सस्तिन थाल्यो सुनचाँदीको भाउ, आज प्रतितोला कति घट्यो ?



काठमाडौं । सुनको मूल्य घट्न थालेको छ । गत बुधवार (चैत २२ गते) १ लाख ११ हजार रुपैयाँ पुगेर नयाँ रेकर्ड बनाएको सुनको भाउ त्यस मिति पश्चात घटिरहेको छ ।

साताको दोस्रो कारोबार दिन अर्थात सोमबार पनि छापावाला सुनको भाउ प्रतितोला ७ सय रुपैयाँले घटेको छ । आज नेपाली बजारमा छापावाल सुन १ लाख ९ हजार ३ सय रुपैयाँमा खरिदबिक्री हुने नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । अघिल्लो दिन भने सुनको भाउ १ लाख १० हजार रुपैयाँमा किनबेच भएको थियो ।

महासंघका अनुसार तेजावी सुनको मूल्य भने १ लाख ८ हजार ८ सय रुपैयाँ कायम भएको छ । आइतबार १ लाख ९ हजार ५ सय रुपैयाँमा कारोबार भएको थियो।

यस्तै, आज चाँदीको मूल्य पनि घटेको छ । आज चाँदी प्रतितोला १० रुपैयाँले घटेर १ हजार ४३० रुपैयाँ पुगेको छ ।


प्रतिक्रिया दिनुहोस्