आज कति छ सुनचाँदीको मूल्य ?

काठमाडौं । मंगलबार सुनको मूल्य वृद्धि भएको छ । साताको तेस्रो कारोबार दिन नेपाली बजारमा छापावाला सुनको भाउ प्रतितोला ५ सय रुपैयाँले वृद्धि भएको हो ।
अघिल्लो दिन अर्थात सोमबार १ लाख ९ हजार ३ सय रुपैयाँमा कारोबार भएको सुन आज बढेर १ लाख ९ हजार ८ सय रुपैयाँ कायम भएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज तेजावी सुनको मूल्य १ लाख ९ हजार ३ सय रुपैयाँ कायम भएको छ ।
यस्तै, आज चाँदीको भाउ भने प्रतितोला ५ रुपैयाँले वृद्धि भई १ लाख ४३५ रुपैयाँ कायम भएको छ । सोमबार भने १ हजार ४३० रुपैयाँमा खरिदबिक्री भएको थियो ।