सुनको मूल्य प्रतितोला ३ सय रुपैयाँले बढ्यो, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । साताको चौंथो कारोबारको दिन सुनको मूल्य प्रतितोला ३ सय रुपैयाँले बढेको छ ।
बुधबार (आज) छापावला सुनको मूल्य प्रतितोला १ लाख १० हजार ३ सय रुपैयाँमा खरिद बिक्री भएको छ । अघिल्लो दिन (मंगलबार) छापावला सुन प्रतितोला १ लाख १० हजार रुपैयाँमा कारोबार भएको थियो ।
नेपाल सुनचाँदी व्यावसायी महासंघका अनुसार आज तेजावी सुनको मूल्य प्रतितोला १ लाख ९ हजार ७ सय ५० रुपैयाँमा खरिद बिक्री भएको छ । अघिल्लो दिन तेजावी सुनको मूल्य प्रतितोला १ लाख ९ हजार ५ सय रुपैयाँमा कारोेबार भएको थियो ।
साथै, आज चाँदीको मूल्य प्रतितोला १० रुपैयाँले बढेको छ । आज प्रतितोला १ हजार ४ सय ४५रुपैयाँमा कारोबार भएको छ । अघिल्लो दिन १ हजार ४ सय ३५ रुपैयाँमा कारोबार भएको थियो ।