सुन किन्दै हुनुहुन्छ ? यस्तो छ आजको कारोबार मूल्य

काठमाडौं । साताको अन्तिम कारोबार दिन सुनको भाउ महंगिएको छ । शुक्रबार छापावाला सुनको भाउ तोलामा ४ सय रुपैयाँले वृद्धि भएको हो ।
अघिल्लो दिन अर्थात बिहीवार १ लाख ९ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो । तर, आज वृद्धि भई १ लाख १० हजार २ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । महासंघका अनुसार आजका लागि तेजावी सुनको भाउ भने १ लाख ९ हजार ६५० रुपैयाँ तोकिएको छ ।
यस्तै, शुक्रबार चाँदीको मूल्य भने स्थिर रहेको छ । बिहीवार १ हजार ४४५ रुपैयाँमा खरिदबिक्री भएको चाँदी आज पनि सोही मूल्य निर्धारण भएको छ ।