फेरि घट्न थाल्यो सुनचाँदीको भाउ, आज कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । सुनको मूल्यमा गिरावट आएको छ । साताको अन्तिम कारोबार दिन अर्थात शुक्रबार छापावाल सुनको भाउ सस्तिएको हो ।
आज प्रतितोला ५ सय रुपैयाँले घटेर १ लाख ९ हजार १ सय रुपैयाँ कायम भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीवार भने १ लाख ९ हजार ६ सय रुपैयाँमा कारोबार भएको थियो ।
तेजावी सुनको मूल्य भने १ लाख ८ हजार ६ सय रुपैयाँ निर्धारण गरिएको महासंघले जनाएको छ । तेजावी सुन बिहीवार १ लाख ९ हजार १ सय रुपैयाँमा खरिदबिक्री भएको थियो ।
यस्तै, अघिल्लो दिन स्थिर रहेको चाँदीको मूल्य भने आज घटेको छ । आज प्रतितोला ५ रुपैयाँले घटेर १ हजार ४१० रुपैयाँ कायम भएको छ ।