८ श्रावण २०८३, शुक्रबार

आँखुखोला जलविद्युतले हकप्रद सेयर निष्कासन गर्ने



काठमाडौं । आँखुखोला जलविद्युत कम्पनी लिमिटेडले हकप्रद सेयर निष्कासन गर्ने भएको छ । कम्पनीको बैशाख १५ गते बसेको संचालक समितिको बैठकले हाल कायम रहेको चुक्तापूँजीको १ः२ अनुपातमा हकप्रद सेयर निष्कासन गर्ने भएको हो ।

कम्पनीको संचालक समितिको बैठकले कम्पनी समक्ष गणेश हिमाल हाइड्रोपावरले आफुले प्रवद्र्धन गर्न लागेको २० प्रतिशत मे.वा क्षमताको आँखुखोला–२ जलविद्युत आयोजनामा कम्तीमा ६० प्रतिशत लगानी गर्नको लागि कम्पनी समक्ष प्रस्ताव पेश भई सो आयोजनाको विस्तृत परियोजना विवरण माथि अध्ययन गर्दा उक्त आयोजना लगानी र प्रतिफलको हिसाबले उपयुक्त देखिएकाले उक्त आयोजनामा कम्तीमा ६० प्रतिशत लगानी गर्ने गरी हाल कायम रहेको चुक्तापुँजी ८० करोड बराबरको १ः२ (एक सेयर बराबर नयाँ २ सेयर) अनुपातमा हकप्रद सेयर निष्काशन गर्नको हो । हकप्रद सेयर निष्कासनका लागि कम्पनीले विद्युत नियमन आयोगमा पुर्व स्वीकृतिको लागि आवेदन दिने निर्णय गरेको हो ।

साथै, उक्त हकप्रद सेयरबाट प्राप्त रकम १ अर्ब ६० करोड मध्ये ९६ करोड गणेश हिमाल हाइड्रोपावरले प्रवद्र्धन गर्न लागेको २० मे.वा क्षमताको आँखुदोला २ जलविद्युत आयोजनामा स्वपूँजीको रुपमा लगानी गर्ने तथा बाँकी रकम यस कम्पनीको बैंक तथा वित्तीय संस्थामा रहेको ऋण तथा अन्य दायित्व भुक्तानीको लागि उपयोग गर्ने निर्णय समेत सोहि संचालक बैठकले गरेको छ ।


प्रतिक्रिया दिनुहोस्