८ श्रावण २०८३, शुक्रबार

शिवश्री हाइड्रोपावरले शत प्रतिशत हकप्रद निष्कासन गर्ने



काठमाडौं । शिवश्री हाइड्रोपावर लिमिटेडले हकप्रद सेयर निष्कासन गर्ने भएको छ । कम्पनीले शत प्रतिशत हकप्रद निष्कासन गर्ने भएको हो ।

कम्पनीको वैशाख १४ गते बसेको संचालक समितिको बैठकले हाल कायम चुक्तापुँजीको १ः१ अनुपातमा हकप्रद सेयर निष्कासन गर्ने निर्णय गरेको हो । कम्पनीले बैंक ऋण भुक्तानी गर्नका लागि हाल कायम रहेको चुक्तापुँजीको १ बराबर १ को अनुपातमा (१ः१) रेसियोमा हकप्रद शेयर निष्कासन गर्न विद्युत् नियमन आयोगबाट सहमति लिई स्वीकृतिका लागि आगामी साधारण सभामा पेश गर्ने भएको छ ।


प्रतिक्रिया दिनुहोस्