किन्ने होइन त सुन ? थाहा पाउनुहोस् आजको बजार भाउ « Arthapath.com
२५ जेष्ठ २०८२, आईतबार

किन्ने होइन त सुन ? थाहा पाउनुहोस् आजको बजार भाउ



काठमाडौं । सोमबार सुनको मूल्य घटेको छ । आज नेपाली बजारमा छापावाला सुनको भाउ प्रतितोला २ सय रुपैयाँले सस्तिएको हो ।

छापावाला सुन साताको पहिलो कारोबार दिन अर्थात आइतबार १ लाख ९ हजार २ सय रुपैयाँमा खरिदबिक्री भएको थियो । तर, आज घटेर १ लाख ९ हजार रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

महासंघका अनुसार तेजावी सुनको भाउ १ लाख ८ हजार ५ सय रुपैयाँ निर्धारण भएको छ । तेजावी सुन आइतबार १ लाख ८ हजार ७ सय रुपैयाँमा किनबेच भएको थियो ।

यता, चाँदीको मूल्य भने स्थिर रहेको छ । आइतबार १ हजार ४१५ रुपैयाँमा कारोबार भएको चाँदी आजका लागि पनि सोही मूल्य निर्धारण भएको हो ।


प्रतिक्रिया दिनुहोस्