८ श्रावण २०८३, शुक्रबार

यूनिटेक हाइड्रोपावरले ३६ करोडको आइपीओ निष्कासन गर्ने, बिक्री प्रबन्धकमा लक्ष्मी क्यापिटल



काठमाडौं । यूनिटेक हाइड्रोपावर कम्पनी लिमिटेडले आइपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले आइपीओ निष्कासनका लागि बिक्री प्रबन्धकमा लक्ष्मी क्यापिटल मार्केट लिमिटेडलाई नियुक्त गरेको हो ।

कम्पनीले अंकित मूल्य १०० रुपैयाँमा ३६ करोड ६७ रुपैयाँ बराबरको ३६ लाख ६७ हजार कित्ता साधारण शेयर गर्ने भएको हो ।

बिक्री प्रबन्ध नियुक्त गर्ने सम्झौतापत्रमा लक्ष्मी क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत राजीव सापकोटा र यूनिटेक हाइड्रोपावरकोे तर्फबाट प्रबन्ध संचालक विश्व प्रकाश अमात्यले हस्ताक्षर गरेका हुन् ।

यूनिटेक हाइड्रोपावरले ताप्लेजुङ्ग जिल्लाको फावाखोला, तिरिङ्गे र सिकैचा गा.वि.स.हरुमा रहेको ५.८ मेगावाट क्षमताको माथिल्लो फावाखोला जलबिद्युत आयोजना निर्माणाधिन ९० प्रतिशत भन्दा बढि कार्य सम्पन्न भईसकेको छ ।


प्रतिक्रिया दिनुहोस्