पिपुल्स हाइड्रोपावरको साधारण सभा असार ४ गते, के के छन् एजेण्डा
काठमाडौं । पिपुल्स हाइड्रोपावरको १५औं वार्षिक साधारण सभा असार ४ गते बोलाएको छ । सभा क्वालिटी बेङ्क्वेट, बुद्धनगर काठमाडौंका बिहान १० ०० बजे बस्ने आव्हान गरेको हो ।
सभामा संञ्चालक समितिको तर्फबाट आ.व २०७८/०७९ को वार्षिक प्रतिवेदन छलफल पारित गर्ने ।
सभामा आ.व २०७८/०७९ को लेखापरिक्षकको प्रतिवेदन सहित असार मसान्तको वसालत, नाफा नोक्सान हिसाब,नगद प्रवाह विवरण र सेयर पूजीमा भएको परिर्वतन लगायत अन्य अनुसूचीहरुको छलफल गरी पारित गर्ने ।
कम्पनीले आ.व २०७९/०८० को लेखापरिक्षक नियुक्त र निजको पारिश्रमिक नियुक्त निर्धारण गर्ने । सभामा सर्वसाधारण सेयरधनीको तर्फबाट २ जना संञ्चालक निर्वाचन गर्ने । कम्पनीको अधिकृत पूँजी बृद्धिको लागि प्रबन्धपत्रको दफा ६ (क) संशोधन गर्ने मख्य एजेण्डा रहेको छ ।
बैंक तथा वित्तीय संस्थाबाट कम्पनीक चुक्तपूँजी भन्दा बढी ऋण लिने प्रस्ताव पारित गर्ने । कम्पनीले साधारण सभामा प्रयोजनको लागि जेठ २५ गते बुकक्लोज गर्ने भएको छ ।













