सुनको मूल्य प्रतितोला २४ सय रुपैयाँले बढ्यो, कतिमा हुँदैछ कारेबार ? « Arthapath.com
२५ जेष्ठ २०८२, आईतबार

सुनको मूल्य प्रतितोला २४ सय रुपैयाँले बढ्यो, कतिमा हुँदैछ कारेबार ?



काठमाडौं । सोमबार स्थिर रहेको सुनको मूल्य आज प्रतितोला २४ सय रुपैयाँले बढेको छ ।

साताको तेस्रो कारोबारको दिन छापावला सुनको मूल्य प्रतितोला १ लाख १० हजार ५ सय रुपैयाँमा खरिद बिक्री भएको छ । अघिल्लो दिन छापावला सुनको मूल्य प्रतितोला १ लाख ८ हजार १ सय रुपैयाँमा कारोबार भएको थियो ।

नेपाल सुनचाँदी व्यावसायी महासंघका अनुसार आज तेजावी सुनको मूल्य प्रतितोला १ लाख ९ हजार ९५० रुपैयाँमा कारोबार भएको छ । अघिल्लो दिन १ लाख ७ हजार ६ सय रुपैयामा कारोबार भएको थियो ।

साथै, आज चाँदीको मूल्य पनि प्रतितोला १५ रुपैयाँले बढेको छ । आज (मंगलबार) प्रतितोला १ हजार ३ सय ७५रुपैयाँमा कारोबार भएको छ । अघिल्लो दिन १ हजार ३ सय ६० रुपैयाँमा कारोबार भएको थियो ।


प्रतिक्रिया दिनुहोस्