शतप्रतिशत हकप्रद सेयर निष्कासन प्रस्ताव पारितका लागि अरुण भ्यालीले बोलायो विशेष साधारण सभा
काठमाडौं । अरुण भ्याली हाइड्रोपावर कम्पनीले विशेष साधारण सभा असार ७ गतेका लागि बोलाएको छ । कम्पनीले हकप्रद सेयर निष्कासन गर्ने प्रस्ताव पारितका लागि सभा आव्हान गरेको हो ।
कम्पनीको जेठ २१ गते बसेको संचालक समितिको बैठकले उत्त, निर्णय गरेको नेप्से मार्फत जानकारी दिएको छ । सभाले शत प्रतिशत हकप्रद शेयर निष्कासन गर्ने प्रस्ताव पारित गर्नेछ ।
विशेष साधारण सभाबाट पारित भएपछि कम्पनीले नेपाल धितोपत्र बोर्ड मा निवेदन दिएर र स्वीकृती पाएपछि हकप्रद शेयर निष्कासन गर्नेछ ।













