असार १३ गतेका लागि बोलायो सिंगटी हाइड्रो इनर्जीले साधारण सभा, यस्ता छन् एजेण्डा
काठमाडौं । सिंगटी हाइड्रो इनर्जी लिमिटेडले १२औं र १३औं वार्षिक साधारण सभा असार १३ गते बोलाएको छ । जेठ २२ गते बसेको सञ्चालक समितिको बैंठकले सभा धुम्रबराह भेन्यु, धुम्बाराही काठमाडौंमा बिहान ११ बजे बस्ने आव्हान गरेको हो।
सभामा गत आव २०७७ /०७८ र २०७८/०७९ को पार्षिक प्रतिवेदन आर्थिक विवरण छलफल गरि पारित गर्ने । सभाले १ः१ अनुपातमा हकप्रद सेयर निष्काशन गर्ने सम्बन्धि सम्पूर्ण कार्य गर्न सञ्चालक समितिलाई अख्तियारी प्रस्ताव समेत सभाको कार्य सूचीमा रहेको छ ।
सभामा समूह क बाट ४ जना र समूह ख बाट २ जना सञ्चालकहरुको निर्वाचन गर्ने । लेखापरीक्षक नियुक्त गर्ने र आर्थिक वर्षको वार्षिक प्रतिवेदन, नाफा, नोक्सान हिसाब तथा नगद प्रवाह लगायतका वित्तीय विवरण माथि छलफल गरी पारित गर्ने छ ।
साधारण सभा प्रयोजनको लागि कम्पनीले जेठ ३१ गते बुधबार एक दिनका लागि बुक क्लोज गर्ने भएको हुदाँ जेठ ३० गतेसम्म कायम सेयरधनीहरुले मात्र वार्षिक साधारण सभामा भाग लिन पाउनेछन् ।













