८ श्रावण २०८३, शुक्रबार

चिमिले हाइड्रोपावरले पाँच वर्ष पुरानो नगद लाभांश लिन आउन आग्रह



काठमाडौं । चिमिले हाइड्रोपावर कम्पनी लिमिटेडले पाँच वर्ष पुरानो नगद लाभांश आग्रह गरेको छ ।

कम्पनीले २०७४ साल कात्तिक २४ गते सम्पन्न २१औं वार्षिक साधारण सभाबाट पारित नगद लाभांश बुझिलिन भनेको हो । उक्त लाभांश अबको एक महिनाभित्र आफ्नो वक्यौता नगद लाभांशका लागि कम्पनीको शेयर रजिष्ट्रार सिद्धार्थ क्यापिटल लिमिटेडको नारायणचौर , नक्साल, काठमाडौंमा सम्पर्क राख्न सकिनेछ ।

तोकिएको समयभित्र पनि नगद लाभांश नबुझेमा बाँकी नगद लाभांश लगानीकर्ता संरक्षण कोषमा जम्मा हुने जानकारी समेत कम्पनीले गराएको छ ।


प्रतिक्रिया दिनुहोस्