घट्यो सुनको भाउ, आज कतिमा हुँदैछ किनबेच ?

काठमाडौं । सोमबार सुनको मूल्य घटेको छ । साताको दोस्रो कारोबार दिन छापावाला सुनको भाउ प्रतितोला १०० रुपैयाँले घटेको हो ।
आइतबार १ लाख १२ हजार ५ सय रुपैयाँमा कारोबार भएको सुन आज घटेर १ लाख १२ हजार ४ सय रुपैयाँ कायम भएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आजका लागि तेजावी सुनको मूल्य १ लाख ११ हजार ८५० रुपैयाँ कायम भएको छ ।
यस्तै, आज चाँदीको मूल्य पनि प्रतितोला १० रुपैयाँले घटेको छ । सोमबारका लागि चाँदीको भाउ १ हजार ४४५ रुपैयाँ तोकिएको महासंघले जनाएको छ ।