डलरको भाउ बढ्यो कि घट्यो ? आज कुन मुद्रा कतिमा हुँदैछ किनबेच ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले बिहीबारका लागि विदेशी मुद्राको सट्ही दर तोकेको छ । आजका लागि अमेरिकी डलर एकको खरिदमा १३० रुपैयाँ ९७ पैसा र बिक्री दर १३१ रुपैयाँ ५७ पैसा निर्धारण गरेको छ ।
राष्ट्र बैंकका अनुसार बिहीबार यूरोपियन यूरो १४३ रुपैयाँ १ पैसामा खरिद गर्न सकिनेछ भने बिक्रीदर १४३ रुपैयाँ ६६ पैसा तोकिएको छ ।
बिहीबार यूके पाउन्ड स्ट्रेलिङ एकको खरिददर १६६ रुपैयाँ ३५ पैसा र बिक्रीदर १६१ रुपैयाँ ११ पैसा, अष्ट्रेलियन डलर एकको खरिददर ८८ रुपैयाँ ६१ पैसा र बिक्रीदर ८९ रुपैयाँ १ पैसा, क्यानडियन डलर एकको खरिददर ९८ रुपैयाँ ९९ पैसा र बिक्रीदर ९९ रुपैयाँ ४४ पैसा र स्वीस फ्रेन्स एकको खरिददर १४५ रुपैयाँ ९२ पैसा र बिक्रीदर १४६ रुपैयाँ ५९ पैसा निर्धारण भएको छ ।
आज जापनीज येन १० को खरिददर ९ रुपैयाँ २३ पैसा र बिक्रीदर ९ रुपैयाँ २८ पैसा, सिंगापुुरे डलर एकको खरिददर ९७ रुपैयाँ ४७ पैसा र बिक्रीदर ९७ रुपैयाँ ९१ पैसा, हङकङ डलर एकको खरिददर १६ रुपैयाँ ७३ पैसा र बिक्रीदर १६ रुपैयाँ ८१ पैसा तोकिएको छ ।
यस्तै, आज यूएई दिराम एकको खरिददर ३५ रुपैयाँ ६६ पैसा र बिक्रीदर ३५ रुपैयाँ ८२ पैसा, मलेसियन रिङगेट एकको खरिददर २८ रुपैयाँ २० पैसा र बिक्रीदर २८ रुपैयाँ ३३ पैसा तोकिएको छ ।