नेप्सेमा एक लघुवित्तको ३ लाख २९ हजार कित्ता बोनस सेयर सूचीकृत
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा एक लघुवित्तको बोनस सेयर सूचीकृत भएको छ । आइतबार किसान लघुवित्त वित्तीय संस्थाको बोनस सेयर सूचीकृत भएको हो ।
कम्पनीको सात प्रतिशत बोनस बापतको ३ लाख २९ हजार ९५९ कित्ता सेयर नेप्सेमा सूचीकृत भएको छ । कम्पनीले गत आवको सुनाफबाट आफ्नो सेयरधनीलाई प्रस्ताव गरेको लाभांश सूचीकृत गरेको हो ।

















