मौद्रिक नीतिलाई लगानीकर्ताको हरियो कार्पेटः परिसूचक पुग्यो २२२७ बिन्दुमा, कारोबारमा समेत रौनक

काठमाडौं । केन्द्रीय बैंकले चालु आर्थिक वर्षको मौद्रिक नीति सार्वजनिक गरेको छ । सार्वजनिक नीति अनुसार मौद्रिक नीतिमा सेयर धितो कर्जाको जोखिमभार सम्बन्धी विद्यमान व्यवस्थामा परिमार्जन गरिने बताएको छ । लगानीकर्ताले लामो सयम देखि उठाउदैं आएको मुद्धा सम्बोधन हुने आशाले सेयर बजारमा उछाल आएको छ ।
केन्द्रीय बैंकले रियल स्टेट कर्जा र हायर पर्चेज कर्जामा पनि जोखिमभार पुनरावलोकन गरिने भनेको छ । यसबाट सेयर बजार, रियल स्टेट तथा हायर पर्चेज क्षेत्रले राहत पाउनेछन् । अर्को निर्देशनमार्फत कति कायम गर्ने भनेर केन्द्रीय बैंकले जानकारी गराउनेछ । सेयर धितो कर्जा लगायतका क्षेत्रमा जोखिमभार १५० प्रतिशत रहेकोमा लगानीकर्ताले यसलाई घटाएर १०० प्रतिशत कायम गर्नुपर्ने माग गरिरहेका छन् । ब्याजदर घटाउने नीति पनि केन्द्रीय बैंकले लिएको छ ।
अहिलेको मौद्रिक निति बजारमैत्रि आएको लगानीकर्ता तारा प्रसाद फुलेलले बताए । उनले भने, ‘आशातित नभएपनि समग्रमा बजारमैत्री मौद्रिक नीति भन्न सकिन्छ’ मौद्रिक नीति मार्फत बजार सम्बन्धी समेटिएका अधिकांश कुरा सकरात्मक रहेको हुदाँ अब बजारले गति लिन देखिएकोछ । परिसूचक समेत आकाशिएको छ ।
यता, नियामक निकाय भने कारोबार समयमा राष्ट्र बैंकले ल्याएर बजार प्रभावित बनाउने काम भएको बताइरहेका छन् । बजार सम्बन्धी मौद्रिक नीतिमा सकरात्मक कुरा आए पनि कारोबार समयमा आउने गलत रहेको धितोपत्र बोर्डका एक अधिकारीले बताए ।
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ६३.२४ अकंले बढेको छ । परिसूचक एक वर्ष यता भन्दा कै पनि पुगेको छ । परिसूचक २२२७.१६ बिन्दुमा बन्द भएको छ ।
आइतबार १ करोड २० लाख २ हजार ३०८ कित्ता सेयर किनबेच हुदाँ कारोबार ४ अर्ब ३७ करोड ५१ लाख ९६ हजार २३२ रुपैयाँ पुगेको छ ।

आज १३ वटै उपसूचकमा हरियाली आएको छ । आज बैंकिङ समूहको ४.९८ प्रतिशत, विकास बैंक समूहको ४.७८ प्रतिशत, फाइनान्स समूहको १.७१ प्रतिशत लगायत १३ उपसूचकमा हरियाली छाएको छ ।

आइतबार शिवम सिमेन्टको १४ करोड ८१ लाख र ज्योति विकास बैंकको १३ करोड ७७ लाख रुपैयाँको कारोबार भएको छ ।
