तीन कम्पनीको सेयरमा सकरात्मक सर्किट, २१८ कम्पनीको सेयर मूल्य बढ्यो « Arthapath.com
७ असार २०८२, शनिबार

तीन कम्पनीको सेयरमा सकरात्मक सर्किट, २१८ कम्पनीको सेयर मूल्य बढ्यो



काठमाडौं । साताको पहिलो कारोबारको दिन सेयर बजारमा उछाल आएको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ६१.८८ अंकले बढेर २२२५.८० बिन्दुमा बन्द भएको छ ।

आज पूँजी बजारमा नेप्सेमा सूचीकृत २६६ कम्पनीको ११ कररोड ७ लाख ६३ हजार ६०९ कित्ता सेयर किनबेच हँुदा आज ४ अर्ब ३० करोड ४४ लाख ५१ हजार ५२२ रुपैयाँको कारेबार भएको छ ।

आज तीन कम्पनीको सेयरमा सकरात्मक सर्किट लागेको छ । आइतबार किसान लघुवित्त वित्तीय संस्था, चन्द्रगिरी हिल्स, लिर्वटी इनर्जिको सेयरमा सकरात्मक सर्किट लागेको हो ।

साथै, ग्लोबल आइएमई बैंकको ९.३२ प्रतिशत, बिसाल बजारको ८.९३ प्रतिशत, स्वरोजगार लघुवित्तको ८.९३ प्रतिशत, प्रभु बैंकको ८.७३ प्रतिशत, कालिञ्चोक दर्शनको ८.५८ प्रतिशत सहित २१८ कम्पनीको सेयर मूल्य बढेको छ ।


प्रतिक्रिया दिनुहोस्