यी १० कम्पनीको सेयर मूल्य बढ्यो, कुनको कति ? « Arthapath.com
६ असार २०८२, शुक्रबार

यी १० कम्पनीको सेयर मूल्य बढ्यो, कुनको कति ?



काठमाडौं । साताको अन्तिम कारोबारको दिन सेयर बजार दोहोरो अंकले घटेको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २९.७१ अंकले घटेर २१२६.४८ बिन्दुमा बन्द भएको छ ।

आज २७१ कम्पनीको ६२ लाख ७१ हजार ७७७ कित्ता सेयर किनबेच हुँदा २ अर्ब ४२ करोड ५७ लाख ८० हजार ५६४ रुपैयाँको कारेबार भएको छ ।

आज एनआईसी एशिया फ्नेक्सी क्याप फण्डको इकाइधनीहरुले सर्वाधिक कमाएका छन् । कम्पनीको सेयर ७.३९ प्रतिशत अथवा प्रतिकित्ता ६२ पैसाले बढेर प्रतिकित्ता ९ रुपैयाँ १ पैसा कायम रहेको छ ।

साथै, मनकामना सामुदायिक लघुवित्तको ५.९० प्रतिशत, इमर्जिङ्ग नेपालको ५.६६ प्रतिशत, अभियान लघुवित्तको ५.६१ प्रतिशतले सेयर मूल्य बढेको छ ।


प्रतिक्रिया दिनुहोस्