किसान लघुवित्तको १९ हजार कित्ता संस्थापक सेयर बिक्रीमा
काठमाडौं । किसान लघुवित्त वित्तीय संस्था लिमिटेडले संस्थापक सेयरधनीको स्वामित्वमा रहेको संस्थापक सेयर बिक्रीमा ल्याएको छ । संस्थाले संस्थापक सेयरधनीहरुको नाममा रहेको १९ हजार २६० कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको हो ।
यो सेयर खरिदका लागि जो कोही व्यक्ति,कम्पनी तथा संघ संस्थाहरुले खरिद आवेदन दिन सक्नेछन् । यसअघि गत वैशाख ११ गते संस्थाका विद्यमान सेयरधनीहरुका लागि ३५ दिने बिक्री आवेदन खुलाइएको थियो ।तर उक्त अवधिमा कुनै पनि आवेदन नपरेपछि संस्थाले सर्वसाधारणका लागि सेयर बिक्री गर्न लागेको हो ।
इच्छुक लगानीकर्ताले कैलालीको लम्किचुहा वा बुढानिलकण्ड काठमाडौंमा रहेको कर्पोरेट कार्यालयमा आवश्यक कागजातसहित ७ दिनभित्र आवेदन दिनुपर्नेछ।













