१३ श्रावण २०८३, बुधबार

सेयर बजारमा सामान्य गिरावट



काठमाडौं । साताको अन्तिम कारोबार दिन बिहीबार सेयर बजारमा सामान्य गिरावट आएको छ । यस दिन सेयर बजार मापक नेप्से परिसूचक १.९३ अंकले घटेर २०७७.७८ अंकमा झरेको छ ।

बिहीबार ४ अर्ब ३८ करोड ८२ लाख ७८ हजार रुपैयाँभन्दा बढीको कारोबार भएको छ । बजार घटे पनि कारोबार रकम भने बढ्यो । बुधबार ३ अर्ब ९६ करोड ३२ लाख रुपैयाँ बराबरको मात्र कारोबार भएको थियो

कारोबार अवधिभर ३२२ वटा धितोपत्रको ८८ लाख १३ हजार ३७४ कित्ता सेयर किनबेच भएको छ । १३५ कम्पनीको मूल्य घट्दा १०१ को बढ्यो भने ११ को स्थिर रह्यो ।

कुल १३ उपसमूहमध्ये ५ उपसमूहको सेयर मूल्य बढेको छ भने ८ उपसमूहको घटेको छ ।

आज इमार्जिङ्ग नेपाल र मिड सोलु हाइड्रोपावरको सेयर मूल्य १० प्रतिशतले बढेको छ । बुद्ध भूमि नेपाल हाइड्रोपावरको ९.८८, मान्डु हाइड्रोपावरको ८.४३, सुपर मादी हाइड्रोपावरको ७.५८ प्रतिशतले बढेको छ ।

माई खोला हाइड्रोपावर कम्पनीको सेयर मूल्य भने ६.४० प्रतिशतले घट्यो । कारोबार रकमका आधारमा एनआरएन इन्फ्रास्ट्रक्चर, सीईडीबी हाइड्रोपावर, पोखरा फाइनान्स, हिमालयन लघुवित्त लघुवित्त क्रमश अगाडि रहे ।