दुर्गा प्रसाईंलाई १५ दिनभित्र मेडिकल कलेज सञ्चालनको लाइसेन्स दिन सर्वोच्चको फैसला (पूर्णपाठ)
काठमाडौं । व्यवसायी दुर्गा प्रसाईंलाई १५ दिनभित्र बी एन्डी सी मेडिकल कलेज संचालनको अनुमति प्रदान गर्न सर्वोच्च अदालतले फैसला गरेको छ ।
गत चैत १२ गते व्यवसायी प्रसाईंलाई अदालतले उक्त कलेज संचालनका लागि अनुमति प्रदान गर्न फैसला गरेको थियो । उक्त फैसलाको पूर्णपाठ सार्वजनिक भएको छ । पूर्णपाठमा १५ दिनभित्र भित्र यसै शैक्षिक सत्रदेखि एमबीबीएसको विद्यार्थी भर्ना तथा कक्षा सञ्चालन गर्न पाउने गरी सम्बन्धन प्रदान गर्न परमादेश जारी गरेको हो ।
प्रसाईंले मेडिकल शिक्षा अध्यापनका लागि सरकारबाट प्रारम्भिक अनुमति (एलओसी) पाएर संरचना निर्माण गरे पनि सरकारले अनुमति नदिएको भन्दै चिकित्सा शिक्षा आयोग सानोठिमी, काठमाडौं विश्वविद्यालय धुलिखेल र सरकार बिरुद्ध २०७७ साल असार २१ गते रिट दायर गरेका थिए ।
फैसलाको पूर्णपाठ













