युनाईटेड मोदी हाइड्रोपावरको साधारणसभा सम्पन्न, हकप्रद जारी गर्ने प्रस्ताव पारित « Arthapath.com
१६ असार २०८३, मंगलबार

युनाईटेड मोदी हाइड्रोपावरको साधारणसभा सम्पन्न, हकप्रद जारी गर्ने प्रस्ताव पारित



काठमाडौं । युनाईटेड मोदी हाइड्रोपावर लिमिटेडको १०औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । उक्त सभा आइतबार काठमाडौंमा रहेको कालिमाटी ब्याङ्क्वेटमा सम्पन्न भएको हो ।

सभाले १:१ अनुपातमा हकप्रद सेयर जारी तथा निष्काशन गर्ने प्रस्ताव पारित गरेको छ । त्यसै गरी साधारणसभाबाट नविन सिलवाल, अविनास पण्डित, सपना गुरुङ र सुनिल भक्त श्रेष्ठ सञ्चालक समितिमा निर्वाचित भएका छन् ।

कम्पनीका अध्यक्ष रेणुका पाण्डेको अध्यक्षतामा सम्पन्न साधारणसभाले सञ्चालक समितिको तर्फबाट अध्यक्षले प्रस्तुत वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्नुको साथै लेखापरिक्षकको प्रतिवेदन सहितको आर्थिक वर्ष २०७९/०८० का वासलात, नाफा नोक्सान हिसाब र नगद प्रवाहको विवरण लगायत वित्तिय विवरणहरु उपर छलफल गरी स्वीकृत भएको छ ।

सभाले लेखापरीक्षण समितिको सिफारिस बमोजिम आर्थिक वर्ष २०८०/०८१ को लेखापरीक्षण कार्यको लागि लेखापरीक्षक नियुक्त गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने र अन्य लगानीयोग्य क्षेत्र पहिचान गरी लगानी गर्नु परेमा सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पारित गरेको छ ।

त्यसै गरी सभाले कम्पनीको सेयर लगानी रहेको युनाइटेड मेवा खोला हाइड्रोपावर प्राइभेट लिमिटेडद्वारा प्रबद्र्घित मेवा खोला जलविद्युत आयोजना (५० मे. वा.) (आयोजना) मा लगानी गर्नका लागि विद्युत नियमन आयोगद्वारा मिति २०८०/१०/२२ मा दिएको सहमति बमोजिम कम्पनीको हाल कायम चुक्ता पुँजी १ अर्ब २३ करोड ०५ लाख रुपैयाँ बमोजिमको सेयर संख्या १ करोड २३ लाख ५ हजार कित्ता सेयर बराबर सेयरका दरले १:१ अनुपातमा हकप्रद सेयर जारी तथा निष्काशन गर्ने प्रस्ताव पारित गरेको छ ।


प्रतिक्रिया दिनुहोस्