सुनको मूल्य हालसम्मकै उच्च « Arthapath.com
२ असार २०८२, सोमबार

सुनको मूल्य हालसम्मकै उच्च



काठमाडौं । नेपाली बजारमा सुनको मूल्य हालसम्मकै उच्च बिन्दुमा पुगेको छ । शुक्रबार सुनको मूल्य ८ सय रुपैयाँले बढेर प्रतितोला १ लाख ४६ हजार ७ सय रुपैयाँ कायम भएको छ । यो मूल्य हालसम्मकै उच्च हो ।

यसअघि गत असार २३ गते सुनको मूल्य हालसम्म महङ्गो भएको थियो । त्यसदिन सुनको मूल्य प्रतितोला १ लाख ४५ हजार ४ सय रुपैयाँ पुगेको थियो ।

बिहीबार छापावाला सुनको मूल्य प्रतितोला १ लाख ४४ हजार ९ सय रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै आज तेजावी सुनको मूल्य पनि १८ सय रुपैयाँले बढ्दै प्रतितोला १ लाख ४६ हजार रुपैयाँ कायम भएको छ । बिहीबार दिन तेजावी सुनको मूल्य प्रतितोला १ लाख ४४ हजार २ सय रुपैयाँ कायम थियो ।

आज चाँदीको मूल्य पनि बढेको छ। आज चाँदीको मूल्य १५ रुपैयाँले बढ्दै प्रतितोला १ हजार ९०० रुपैयाँमा कारोबार भईरहेको छ ।


प्रतिक्रिया दिनुहोस्