रात्रिबस दुर्घटनाका पीडित परिवारलाई क्षतिपूर्ति दिन ट्रक यातायात व्यवसायी महासंघको माग « Arthapath.com
२३ असार २०८२, सोमबार

रात्रिबस दुर्घटनाका पीडित परिवारलाई क्षतिपूर्ति दिन ट्रक यातायात व्यवसायी महासंघको माग



काठमाडौं । रात्रीबस दुर्घटनाका पिडित परिवारलाई क्षतिपूर्चि दिन नेपाल ट्रक यातायात व्यवसायी महासंघले माग गरेको छ।

गएराति पृथ्वी राजमार्गको सिमलतालमा पहिरोमा परि दुईवटा रात्रिबस त्रिसुली नदीमा खसेको छ । त्यस घटनामा दुख व्यक्त गर्दै महासंघले दुर्घटनाबाट अपुरणीय क्षति भएको महासंघले जनाएको छ । पीडित परिवारलाई क्षतिपूर्ति र घाइतेहरुको उपचार गर्न सरकारसँग माग गरेको हो । त्यस्तै उद्धार र राहतको काममा ध्यान दिन पनि सरकारलाई आग्रह गरिएको छ ।

सरकारले अत्यन्तै सजगता, सक्रियता र जिम्मेवारी बोधका साथ समस्यामा परेका नागरिकको खोजी एवं उद्धार गर्नुपर्ने संघले जनाएको छ । महासंघले जोखिममा रहेका नागरिकको सुरक्षाको प्रवन्ध मिलाउन र पर्याप्त राहत तथा सहयोग उपलब्ध गराउन पनि सरकारसँग माग गरेको छ ।


प्रतिक्रिया दिनुहोस्