गायक योगेश्वर अमात्यको जग्गा कीर्ते गरेर ऋण लिनेहरूलाई ४ वर्षसम्म कैद « Arthapath.com
१६ असार २०८३, मंगलबार

गायक योगेश्वर अमात्यको जग्गा कीर्ते गरेर ऋण लिनेहरूलाई ४ वर्षसम्म कैद



काठमाडौं । गायक योगेश्वर अमात्यको जग्गा धितो कीर्ते गरेर ऋण लिएको आरोप लागेका ८ जना सम्पत्ति शुद्धीकरण मुद्दामा दोषी ठहर भएका छन् । विशेष अदालतले जग्गा कीर्ते गरेर नक्कली ऋण लिने दुई जनालाई चार–चार वर्ष कैद सजायको फैसला गरेको छ । जसमा उविन्दराज शाक्य र रेशमबहादुर सिलवाल छन् ।

मुक्तिनाथ गौतम र एसकुमार महर्जनलाई दुई–दुई वर्षका दरले कैद फैसला भएको छ । रामप्रसाद अधिकारी, ईश्वर पोखरेल, शोभा शाक्य र कुशन प्रधानलाई एक–एक वर्षका दरले कैद हुने भएको छ ।

नक्कली कागजातका आधारमा ऋण लिएको र त्यो रकम दुरुपयोग गरेको आरोपमा उनीहरूमाथि मुद्दा चलेको थियो ।

विशेष अदालतका सदस्यहरू डा. खुसीप्रसाद थारु, तेजनारायण सिंह राई र रितेन्द्र थापाको इजलासले पाँच जनालाई ७ करोड ६० लाख र चार जनालाई ३ करोड ८० लाख रुपैयाँका दरले जरिवानासमेत गरेको छ ।

अमात्यको बारास्थित जग्गाको कीर्ते डकुमेन्ट तयार गरी काठमाडौंको न्यूरोडस्थित कुमारी बैंकबाट १९ करोड रूपैयाँ ऋण लिएको उनीहरूमाथि अभियोग थियो ।


प्रतिक्रिया दिनुहोस्