११ श्रावण २०८३, सोमबार

मनकामना केबुलकार आजदेखि ५० दिन बन्द



काठमाडौं । मनकामना केबुलकार झन्डै डेढ महिना बन्द हुने भएको छ । केबुलकार आज अर्थात् असार ३१ गतेदेखि ५० दिन बन्द हुने भएको हो ।

मनकामना दर्शन प्रालिका अनुसार केबुलकारको ‘डिजिटल सिस्टम’ स्तरोन्नति गर्न बन्द गर्न लागिएको हो ।

‘एनालग’ प्रविधिमा रहेको केबुलकारलाई अत्याधुनिक डिजिटल सिस्टममा स्तरोन्नति गर्न लागिएको छ । यसका साथै मुख्य तारको लठ्ठासमेत फेरिने छ ।