त्रिशूलीमा बेपत्ता बस खोज्न चीनसँग पनि सहयोग माग्ने तयारी « Arthapath.com
२३ असार २०८२, सोमबार

त्रिशूलीमा बेपत्ता बस खोज्न चीनसँग पनि सहयोग माग्ने तयारी



काठमाडौं । सरकारले गत २८ असारमा त्रिशुलीमा बेपत्ता बस र यात्रु खोज्न चीनसँग पनि सहयोग माग्ने भएको छ । सरकारले बस खोज्न चीनसँग सहयोग माग्ने तयारी गरेको गृहमन्त्रालय स्रोतले जनाएको छ ।

भरतपुर महानगरपालिका–२९ सिमलतालमा वीरगञ्जबाट काठमाडौंतर्फ जाँदै गरेको बागमती प्रदेश–०३–००६ख १५१६ नम्बरको एञ्जल डिलक्स बस र काठमाडौँबाट गौरतर्फ जाँदै गरेको बागमती प्रदेश–०३–००१ख २४९५ नम्बरको बसलाई लेदोसहितको पहिराले त्रिशूलीमा बगाएको थियो ।

बसमा सवार ६५ यात्रुमध्ये ३ जना पौडिएर बाहिर निस्किएका थिए । हालसम्म २४ वटा मात्र शव फेला परेको छ । अन्य यात्रु र बसको अवस्था पत्ता लागेको छैन ।

यसअघि बेपत्ता यात्रु र बस खोज्न भारतीय जनशक्तिसमेत परिचालन गरिएको थियो ।


प्रतिक्रिया दिनुहोस्