सुनको मूल्य हालसम्मकै उच्च « Arthapath.com
१५ असार २०८३, सोमबार

सुनको मूल्य हालसम्मकै उच्च



काठमाडौं । सुनको मूल्य हालसम्मकै उच्च भएको छ। शुक्रबार सुनको मूल्य तोलामा ५०० रुपैयाँले बढेर हालसम्मकै बिन्दुमा पुगेको हो । आज छापवाला सुन प्रतितोला एक लाख ४९ हजार ९०० रुपैयाँमा पुगेको छ।

यसअघि गत साउन २ गते सुनको भाउ प्रतितोला १ लाख ४९ हजार ८०० रुपैयाँ पुगेर नयाँ रेकर्ड बनाएको थियो।

महासंघका अनुसार यस दिन चाँदीको मूल्य भने प्रतितोला ५ रुपैयाँले घटेको छ । यस दिन चाँदी एक हजार ९९५ रुपैयाँमा किनबेच हुनेछ। बुधबार चाँदी प्रतितोला एक हजार ८०० रुपैयाँमा कारोबार भएको थियो।

अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य निरन्तर उकालो लागेसँगै त्यसको प्रभाव नेपाली बजारमा पनि देखिएको महासंघले जनाएको छ । अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्य प्रतिऔंस २ हजार ४५५ डलर कायम भएको छ ।  


प्रतिक्रिया दिनुहोस्