विद्युत बिक्री आम्दानी घटे पनि बढ्यो चिलिमे हाइड्रोपावरको नाफा, प्रतिसेयर आम्दानी कति ? - Arthapath.com Arthapath.com
७ श्रावण २०८३, बिहिबार

विद्युत बिक्री आम्दानी घटे पनि बढ्यो चिलिमे हाइड्रोपावरको नाफा, प्रतिसेयर आम्दानी कति ?



काठमाडौं । चिलिमे हाइड्रोपावर कम्पनी विद्युत बिक्री आम्दानी घटे पनि खुद नाफा बढेको छ । गत आर्थिक वर्षको चौथो त्रैमाससम्ममा कम्पनीले ६५ करोड २९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो अघिल्लो आर्थिक वर्षको तुलनामा ०.५८ प्रतिशत ले बढी हो । अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीको यस्तो नाफा ६४ करोड ९२ लाख रुपैयाँ थियो।

कम्पनीको विद्युत बिक्रीमा भने सामान्य गिरावट देखिएको छ । कम्पनीले असार मसान्तसम्म १ अर्ब १२ करोड ५४ लाख रुपैयाँ आम्दानी गरेको छ। अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले १ अर्ब १२ करोड ८६ लाख रुपैयाँ विद्युत बिक्री आम्दानी गरेको थियो।

समीक्षा अवधिमा कम्पनीको सञ्चालन मुनाफा ४.४२ प्रतिश बढेको छ भने वित्त आम्दानी ३४.८२ प्रतिशत र अन्य आम्दानी ८.७२ प्रतिशत घटेको छ।

कम्पनीको प्रतिसेयर आम्दानी (इपिएस) पनि सामान्य घटेको छ। समीक्षा अवधिमा कम्पनीको यस्तो आम्दानी ७७ पैसा घटेर ८ रुपैयाँ १८ पैसामा झरेको छ। असार मसान्तसम्ममा कम्पनीको प्रतिसेयर नेटवर्थ १३५ रुपैयाँ १९ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात ५७.४३ गुणा रहेको छ।

कम्पनीको चुक्ता पूँजी ७ अर्ब ९८ करोड ३९ लाख रुपैयाँ पुगेको छ भने रिटेन्ड अर्निङ्ग २ अर्ब ८० करोड रुपैयाँ रहेको छ।


प्रतिक्रिया दिनुहोस्