१० श्रावण २०८३, आइतबार

नागरिक लगानी कोषले कमायो १ अर्ब नाफा, प्रतिसेयर आम्दानी कति ?

नागरिक लगानी कोषले कमायो १ अर्ब नाफा, प्रतिसेयर आम्दानी कति ?



काठमाडौं । गत आर्थिक वर्ष २०८०/८१ को चौथो त्रैमाससम्म नागरिक लगानी कोषको खुद नाफामा गिरावट आएको छ । सो अवधिसम्म कोषको खुद नाफा ९.९१ प्रतिशतले घटेर १ अर्ब १० करोड २४ लाख रुपैयाँमा खुम्चिएको हो । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा कोषले १ अर्ब २२ करोड ३६ लाख रुपैयाँ खुद नाफा गरेको थियो ।

समीक्षा अवधिमा कोषको ब्याज आम्दानी १९.५५ प्रतिशत बढेर ४४ करोड २५ लाख रुपैयाँ पुगेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिमा कोषले ३७ करोड रुपैयाँ नाफा कमाएको थियो ।

गत असारसम्म सेवा शुल्क तथा कमिशन आम्दानी १.३८ प्रतिशत बढेर १ अर्ब ४१ करोड १२ लाख रुपैयाँ पुगको छ । कोषको कुल आम्दानी ५.२५ प्रतिशत बढेर १ अर्ब ९२ करोड ४९ लाख रुपैयाँ गरेको छ भने कुल खर्च २.७२ प्रतिशत बढेर ४५ करोड ५० लाख रुपैया गरेको छ ।

नाफासँगै कोषको प्रतिसेयर आम्दानी घटेको छ। समीक्षा अवधिमा कोषको यस्तो आम्दानी २ रुपैयाँ २८ पैसा घटेर २० रुपैयाँ ७५ पैसामा झरेको छ । असार मसान्तसम्ममा कोषको प्रतिसेयर नेटवर्थ १७१ रुपैयाँ ४५ पैसा रहेको छ।

५ अर्ब ३१ करोड रुपैयाँ चुक्ता पूँजी रहेको यस कोषको जगेडा कोषमा १८ अर्ब १५ करोड रुपैयाँ सञ्चित छ।