कस्तो छ खानी खोला हाइड्रोपावरको वित्तीय अवस्था ?
काठमाडौं । गत आर्थिक वर्षको चौथो त्रैमाससम्म खानी खोला हाइड्रोपावरले २ करोड ६३ लाख रुपैयाँ नोक्सानी व्यहोरेको छ । अघिल्लो आर्थिक वर्षको सोही अवधिसम्म कम्पनी २ करोड २८ लाख रुपैयाँ नोक्सानीमा थियो ।
कम्पनीको विद्युत बिक्री आम्दानी घटेसँगै नोक्सानी बढ्न पुगेको हो । गत आर्थिक वर्ष १३ करोड १७ लाख रुपैयाँ मात्र आम्दानी गरेको छ। अघिल्लो आर्थिक वर्षको अन्त्यसम्ममा विद्युत बिक्रीमार्फत कम्पनीले १४ करोड ११ लाख रुपैयाँ आम्दानी गरेको थियो । समीक्षा अवधिमा कम्पनीको विद्युत बिक्री आम्दानी ६.६४ प्रतिशत घटेको हो।
४६ करोड ५७ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस कम्पनीको रिटेन्ड अर्निङ्ग ९ करोड ४० लाख रुपैयाँ ऋणात्मक रहेको छ। असार मसान्तसम्ममा कम्पनीको प्रतिसेयर आम्दानी ५ रुपैयाँ ६६ पैसा ऋणात्मक रहेको छ भने प्रतिशेयर नेटवर्थ ७९ रुपैयाँ ८१ पैसा रहेको छ।













