बंगलादेशमा दुई डेपुटी गभर्नरसहित चार उच्च पदस्थ कर्मचारीले दिए राजीनामा
बंगलादेशमा दुई डेपुटी गभर्नरसहित चार उच्च पदस्थ कर्मचारीले दिए राजीनामा
काठमाडौं । बंगलादेशमा दुई डेपुटी गभर्नरसहित चार उच्च पदस्थ अधिकारीले राजीनामा दिएका छन् । केन्द्रीय बैंक (बंगलादेश बैंक) का दुई डेपुटी गभर्नर, बंगलादेश फाइनान्सियल इन्टेलिजेन्स युनिटका प्रमुख र नीति सल्लाहकारले राजीनामा दिएका हुन् ।
राजीनामा दिनेमा डेपुटी गभर्नर–१ काजी चैदुर रहमान, डेपुटी गभर्नर–३ खुर्शिद आलम, बंगलादेशको फाइनान्सियल इन्टेलिजेन्स युनिट (बीएफआईयू)का मसुद विश्वास र केन्द्रीय बैंकका नीति सल्लाहकार अव फराह रहेका छन् ।
यसअघि विद्यार्थीले शीर्ष अधिकारीलाई दिउँसो १ बजेसम्म राजीनामा दिन अल्टिमेटम दिएका थिए । मोहिउद्दीन रोनी दिउँसो १२ बजे बंगलादेश बैंकको प्रधान कार्यालयमा हाजिर भएर विद्यार्थीका तर्फबाट यस्तो अल्टिमेटम दिएका थिए । त्यसपछि चार शीर्ष अधिकारीले एक एक गरी राजीनामा दिए।
बैंकिङ क्षेत्रमा भएको अनियमितता र भ्रष्टाचारमा बंगलादेश बैंकका यी उच्च अधिकारी नै जिम्मेवार रहेको बैंकका आन्दोलित अधिकारीहरुले दाबी गरेका छन् । यी पदाधिकारी आफ्नो पदमा रहिरहँदासम्म बैंकिङ क्षेत्रमा सुशासन कायम नहुने उनीहरुको विश्वास छ ।













