सुनको मूल्य हालसम्मकै महँगो, प्रतितोला डेढ लाख नाघ्यो

काठमाडौं । नेपाली बजारमा आज (मंगलबार) सुनको मूल्य हालसम्मकै महँगो भएको छ । मंगलबार सुनको मूल्य प्रतितोला २ हजार १०० रुपैयाँले बढेसँगै हालसम्मकै सबैभन्दा महँगो बनेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ
आज छापावाला सुनको मूल्य २ प्रतितोला १ लाख ५० हजार ८ सय रुपैयाँ कायम भएको छ । यो मूल्य हालसम्मकै उच्च हो ।
यसअघि गत साउन २१ गते सुनको मूल्य हालसम्मकै उच्च कायम भएको थियो । त्यसदिन छापावाला सुनको मूल्य ३ सय रुपैयाँले बढ्दै प्रतितोला १ लाख ५० हजार रुपैयाँ कायम भएको थियो ।
अघिल्लो दिन भने छापावाला सुनको मूल्य १ लाख ४८ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो ।
आज चाँदीको मूल्य पनि बढेको छ । चाँदीको मूल्य २५ रुपैयाँले घट्दै प्रतितोला १ हजार ७४० रुपैयाँमा कारोबार भईरहेको छ ।