कस्तो छ अरुण काबेली पावरको वित्तीय अवस्था ? - Arthapath.com Arthapath.com
७ श्रावण २०८३, बिहिबार

कस्तो छ अरुण काबेली पावरको वित्तीय अवस्था ?



काठमाडौं । गत आर्थिक वर्षको चौथो त्रैमाससम्म अरुण काबेली पावर लिमिटेडले ३० करोड १८ लाख रुपैयाँ नोक्सानी व्यहोरेको छ। कम्पनीले अघिल्लो आर्थिक वर्षको असार मसान्तसम्ममा १ करोड ९३ लाख रुपैयाँ नाफा कमाएको थियो ।

विद्युत बिक्रीमार्फत हुने आम्दानी घटेसँगै कम्पनी नोक्सानीमा पुगेको हो । गत आर्थिक वर्षको अन्त्यसम्ममा कम्पनीले विद्युत बिक्रीमाफर्त २३ करोड ७३ लाख रुपैयाँ आम्दानी गरेको छ। यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ६२.८२ प्रतिशत कम हो। अघिल्लो आर्थिक वर्ष कम्पनीको यस्तो आम्दानी ६३ करोड ८२ लाख रुपैयाँ थियो।

नाफासँगै कम्पनीको प्रतिसेयर आम्दानी पनि ऋणात्मक भएको छ। असार मसान्तसम्ममा कम्पनीको प्रतिशेय रआम्दानी ७ रुपैयाँ ७५ पैसा ऋणात्मक रहेको छ भने प्रतिसेयर नेटवर्थ ९५ रुपैयाँ ५६ पैसा रहेको छ।

३ अर्ब ८९ करोड ५९ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस कम्पनीको जगेडा कोष १७ करोड २९ लाख रुपैयाँ ऋणात्मक छ।


प्रतिक्रिया दिनुहोस्