८ श्रावण २०८३, शुक्रबार

सुनको मूल्यमा सामान्य गिरावट, कतिमा हुँदैछ कारोबार ?



काठमाडौं । आइतबार सुनको मूल्यमा सामान्य गिरावट आएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यसदिन सुनको मूल्य प्रतितोला १०० रुपैयाँले र चाँदीको मूल्य तोलामा १० रुपैयाँले घटेको हो ।

आज छापावाला सुन प्रतितोला एक लाख ५२ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ । आइतबारको बजारमा छापावाला सुन प्रतितोला एक लाख ५२ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो ।

यसैगरी, चाँदीको मूल्य तोलामा १० रुपैयाँले घटेको छ । आज चाँदी प्रतितोला एक हजार ८४० रुपैयाँमा किनबेच भईरहेको छ । आईतबार चाँदी प्रतितोला एक हजार ८५० रुपैयाँमा खरिद बिक्री भएको थियो।


प्रतिक्रिया दिनुहोस्