सुधाले सुरू गरेको २ हजार रुपैयाँको व्यवसाय, महिनामै लाखौँ कमाउँछिन् « Arthapath.com
३ असार २०८२, मंगलबार

सुधाले सुरू गरेको २ हजार रुपैयाँको व्यवसाय, महिनामै लाखौँ कमाउँछिन्



काठमाडौं । ‘खाने मुखलाई जुँगाले छेक्दैन’ भने झैँ तपाइँमा भित्रैदेखि केही गर्ने सोच छ भने त्यसले सफलताको बाटो डोर्याउँछ । ठूलो होस् सानो सपना देख्न छाड्नु हुन्न । सानै सपनाले पनि एकदिन अवश्य उचाइमा पुर्याउँछ ।

भारत तमिलनाडुकी सुधाले देखेको सपना पनि आज सफलतामा परिणत भएको छ । गरिबी र चरम अभावबीच हुर्किएको सुधा आज लाखौँको कम्पनी हाक्छिन् । पढाइमा स्नातक गरेकी सुधा अहिले सफल उद्यमी बनेकी छिन् ।

सुधाले २ हजार रुपैयाँ लगानीमा खोलेको ‘इनिया अर्गानिक्स कम्पनी’(मसला उद्योग) बाट अहिले लाखौँ कमाउँछिन् । व्यवसाय सुरू गर्नुभन्दा अगाडि सुधा सामान्य जागिर गर्थिन् । उनले जागिरबाट जोगाएको पैसाबाट उनले व्यवसाय सुरु गरेकी हुन् । दुई वर्षपछि उनले आफ्नो सम्पूर्ण ध्यान व्यवसायमा लगाइन् । सन् २०१८ मा उनले ‘इनिया अर्गानिक्स कम्पनी’ नामबाट कम्पनी दर्ता गरेकी थिइन् । यसपछि उनले किसानबाट सिधै मोरिङ्गा, पालक, पुदिना र धनिया खरिद गरी पाउडर बनाउन थालेकी हुन् ।

बिस्तारै उनको उत्पादन अर्गानिक पसलमा पनि पुग्यो । आफ्नो कामको गुणस्तर सुधार गर्न, सुधाले कृषि विश्वविद्यालयका साथै अन्य कृषि संगठनहरूबाट प्रशिक्षण लिइन्। यससँगै उनले आफ्नो काम विस्तार गर्न आफन्तबाट २ लाख रुपैयाँ ऋण पनि लिइन् ।

सुधाले मसला प्रशोधन इकाई स्थापना गरिन् । जसका लागि उनले सोलार ड्रायर लगायत अन्य मेसिन खरिद गरिन्। उनका श्रीमान्ले पनि सुधालाई सहयोग गर्न जागिर छोडे।

आज उनको कम्पनीले धेरै महिलालाई रोजगारी दिएको छ । उनले ५०० भन्दा बढी परिवारलाई आफ्नो मसला आपूर्ति गर्छिन्। उनीहरू हरेक महिना करिब १२० किलो मसलाको धूलो बिक्री गर्छिन्। जसबाट उनीहरू महिनामा लाखौं रुपैयाँ कमाउँछन् ।


प्रतिक्रिया दिनुहोस्