‘पर्वोत्सव’ योजनामा सुजुकीको कार किन्दा कति पाइन्छ छुट ? « Arthapath.com
२४ असार २०८२, मंगलबार

‘पर्वोत्सव’ योजनामा सुजुकीको कार किन्दा कति पाइन्छ छुट ?



ईभिमा जस्तै नयाँ स्विफ्टमा ५ वर्षको लागि शुन्य रनिङ्ग खर्च

काठमाडौं । नेपालका लागि सुजुकी कारको आधिकारिक विक्रेता तथा सीजी मोटोकर्पले ‘सुजुकी पर्वोत्सव अफर’ ल्याएको छ ।
यस दशैं तिहार भरीका लागी आकर्षक ग्राहक योजना ‘सुजुकी पर्वोत्सव अफर’ आज सार्वजनिक गरेको छ । यो योजना अन्तर्गत ग्राहकले चार लाख रुपैयाँ सम्मको नगद छुट, १ वर्षको सवारी बीमा, बीस हजारसम्मको लोयल्टी बोनस, एक लाख रुपैयाँ सम्मको एक्सचेन्ज बोनस र सिट कभर सहितको एक्सेसरिजहरु पाउन सक्नेछन ।

कम्पनीले नाडा अटो शो लक्षित गरि, शो कार्यक्रम भरी खरिद गर्ने ग्राहकलाई स्क्र्याच कार्ड मार्फत थप दुई लाख रुपैयाँसम्मको छुट प्रधान गर्नेछ । यसमा केहि शर्तहरु लाग्ने कम्पनीले जनाएको छ ।

नाडा अटो शोमा सुजुकीले सार्वजनिक गरेको चौथौं संस्करणको नयाँ एपिक स्विफ्ट, इलेक्ट्रिक कारमा जस्तै ५ वर्षको लागि शुन्य रनिङ्ग खर्च हुने गरी अफर पनि ल्याएको छ । यो अद्वितीय योजनाले नयाँ स्विफ्ट ग्राहकहरूले रनिङ्ग खर्चको बोझ बिना ढुक्कको ड्राइभिङ अनुभव लिन सक्ने कम्पनीले जनाएको छ ।

१ . शुन्य रनिङ्ग खर्च : स्विफ्ट खरिद गर्ने नयाँ ग्राहकले ५ वर्ष सम्म पेट्रोलमा खर्च गर्नु पर्ने छैन, भने ५ वर्षको लागि मर्मतसम्भार र पीयमएस पार्ट्स र इन्जिन आयल मा पनि केहि खर्च गर्नु पर्ने छैन । कम्पनी को मापदण्ड अनुशारको ११ वटै नियमित सर्भिसमा पनि केहि शुल्क नलाग्ने ।

२ . फ्री अटो विमा र एक्सेसरिज : यो योजनामा थप १ वर्षको विमा र सिट कभर सहितको सुजुकी जेनुइन एक्सेसरिजहरु पनि निः शुल्क पाउने ।

३ . थप अतिरिक्त वारेन्टी र एक्सचेन्ज बोनस : विक्री पछिको रिसेल भ्यालु प्रति मनोबल अझै बढाउन ५ वर्ष पछि २ लाख एक्सचेन्ज बोनस ग्यारेन्टी र ५ वर्षको ढुक्क वारेन्टी ।

४ . उच्च रिसेल भ्यालु : स्विफ्टको बिगत देखि उच्च रिसेल भ्यालु भएको गाडी हो, थप एक्सचेन्ज बोनसले ग्राहकलाई भविष्यमा बिक्रि गर्दा फाइदा हुने ।

कम्पनीका अनुसार, ‘विद्युतीय र पेट्रोल इन्जिन सवारी साधनहरू बीचको बढ्दो बहसमा , हामी यो ऐतिहासिक योजना प्रस्ताव गर्न पाउँदा उत्साहित छौं । हाम्रा ग्राहकहरूले फाइदाजनक र झन्झट–रहित तवरले शुन्य रनिङ्ग खर्च प्रतिष्ठित स्विफ्टको अनुभव गर्न सक्नेछ ।’

यसमा केहि शर्तहरु लाग्ने कम्पनीले जनाएको छ ।

यो योजना नेपालभर रहेका सुजुकी गाडीका ३५ वटै सोरूमहरुमा पनि लागू हुनेछ । सुजुकीका विभिन्न मोडेलहरुका कारहरु बमोजिम फरक फरक हिसाबका छुटहरु लागू हुनेछन । नाडा अटो शोमा सुजुकीले चौथौं संस्करणको नयाँ एपिक स्विफ्ट पनि सार्वजनिक गरेको हो । नयाँ एपिक स्विफ्ट संगै नाडा अटो शोमा सुजुकीका नया एसयुभीहरु जिम्नी, फ्रोन्क्स, ग्रान्ड भितारा र नया ब्रेजा डिस्प्लेमा हुने कम्पनीले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्