नाडा अटो शोमा: अहिलेसम्मकै ठूलो पल्सर ’एनएस ४०० जेड’ लन्च, कति पर्छ मूल्य ? यस्ता छन् फिचरहरु « Arthapath.com
२४ असार २०८२, मंगलबार

नाडा अटो शोमा: अहिलेसम्मकै ठूलो पल्सर ’एनएस ४०० जेड’ लन्च, कति पर्छ मूल्य ? यस्ता छन् फिचरहरु



काठमाडौं । अहिलेसम्मकै सबैभन्दा ठूलो पल्सर ‘बजाज पल्सर एनएस ४०० जेड’ लन्च गरेको छ ।

बजाज मोटरसाइकलको नेपालको लागि एक मात्र आधिकारिक बिक्रेता हंसराज हुलासचन्द एण्ड को. प्रा.लि.ले मंगलबारदेखि सुरु भएको नाडा अटो शो २०२४ मा उक्त बाइक सार्वजनिक गरेको हो ।

नयाँ पल्सर एनएस ४०० जेडले पावर, प्रविधि, र डिजाइनको संयोजन मार्फत बजाज प्रेमी नेपालीहरूलाई रोमाञ्चक राइडको अनुभव दिनेमा कम्पनी विश्वस्त रहेको छ ।

लामो समयदेखि प्रतिक्षित बजाज पल्सर एनएस ४०० जेड मा ३७३ सीसीको सिंगल–सिलिन्डर, लिक्विड–कूल्ड इन्जिन समावेश रहेको छ जसले ३९.४ ब्रेक हर्स पावर र ३५ एनएमको टर्क दिन्छ । ६ गियरसम्मको गियरबक्स रहेको यस मोटरसाइकलमा गियर परिवर्तन निकै सहज रहेको छ । साथै पल्सर एनएस ४०० जेडमा राइड–बाई–वाईर प्रविधि पनि समावेश छ जसले राम्रो थ्रोटल रेस्पोन्स दिनुका साथै पेट्रोलको खपत पनि कम गर्दछ ।

उक्त बाइक लन्चको गर्दै गोल्छा ग्रुपका निर्देशक अभिमन्यु गोल्छाले नेपाली बजारमा लामो समयदेखि प्रतिक्षित एनएस ४०० जेड ल्याउन सफल भएको बताए । उत्साहित हुँदै उनले भने,‘पल्सर ब्रान्ड सधैं पर्फमेन्स र इनोभेसनको प्रतिकको रूपमा चिनिन्छ र हामी विश्वास गर्छौं कि नेपाली बजारमा लामो समयदेखि प्रतिक्षित एनएस ४०० जेडले यो विरासतलाई नयाँ उचाइमा पु¥याउनेछ ।’

विशेषताहरुको कुरा गर्नुपर्दा बजाज पल्सर एनएस ४०० जेड अहिलेसम्मकै सबैभन्दा उत्कृष्ट रहेको कम्पनीको दाबी छ । यसमा रोड, रेन, स्पोर्ट, र अफ–रोड गरी चारवटा राइडिङ मोडहरू समावेश रहेका छन् । साथै स्विच गर्न सकिने ट्रयाक्सन कन्ट्रोल र डुअल–च्यानल एबिएस पनि यसमा उपलब्ध छ जसले सबै अवस्थाको रोडमा उत्कृष्ट सुरक्षा सुनिश्चित गर्दछ । यो बाइकमा ब्लुटुथ कनेक्सन सहितको नयाँ फुल–कलर एलसिडी स्क्रिन पनि समावेश रहेको छ जसले टर्न–बाई–टर्न नेभिगेसन, म्युजिक कन्ट्रोल र अन्य आवश्यक राइड डेटा पनि प्रदान गर्दछ ।

मस्कुलर र एरोडाइनामिक प्रोफाइलको साथ डिजाइन गरिएको पल्सर एनएस ४०० जेडमा उत्कृष्ट डिजाइनको फुएल ट्यांक, आरामदायी स्प्लिट–सीट र स्टाइलिश १७–इन्च एलोय ह्वील दिइएको छ । १२ लिटर क्षमताको पेट्रोल ट्यांक र ८०७ मिलिमिटरको सीटको उचाइ रहेकोले पल्सर एनएस ४०० जेड सिटी राइड र लामो दूरीको यात्रा दुवैका लागि उपयुक्त छ ।

भदौ ११ देखि भदौ १६ सम्म भृकुटीमण्डपमा भइरहेको नाडा अटो शोमा बुकिङ गर्ने ग्राहकहरूले ५ लाख ५९ हजार ९०० मा पल्सर एनएस ४०० जेड खरिद गर्न सक्ने कम्पनीले जानकारी दिएको छ ।

नाडा अटो शोमा बजाजले ‘एक्सप्रेस योर सेल्फ’ नामको अन्तरक्रियात्मक थिम पनि सन्चालन गरीरहेको छ । अन्तर्गत शोमा आउने ग्राहकलाई सिर्जनशीलता र व्यक्तिगत पहिचान प्रस्तुत गर्न प्रोत्साहन गर्ने उद्देश्य राखेको छ । यसका लागि बजाजको स्टल एम १२ मा छुट्टै स्पेसको व्यवस्था गरिएको छ, जहाँ सहभागीहरूले स्प्रे पेन्ट प्रयोग गरेर खाली क्यानभासमा वा मोटरसाइकलमा नै आफ्नो कलात्मक प्रतिभा देखाउन सक्नेछन् ।

यस्ता अन्तरक्रियात्मक कार्यक्रम आयोजना गरेर बजाजले आफ्ना उत्पादनहरू प्रदर्शन गर्नुका साथै आफ्ना उपभोक्ताहरूसँग आत्मीयता बढाउने वातावरण पनि सिर्जना गरिरहेको छ ।


प्रतिक्रिया दिनुहोस्